रास्वपा सभापति लामिछानेले गरे गृहमन्त्रीको आलोचना

  • ४२८
  • सोमबार, १६ पौष २०८०


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् ।

बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले कुनै समय इमानको राजनीति गर्ने नारायणकाजी श्रेष्ठ पदको लोभ गर्ने व्यक्तिमा रुपान्तरित भएको बताए । उनले भने, ‘गृहमन्त्री त्यो नारायणकाजी श्रेष्ठ रहेन, जसले इमानको राजनीति गर्थ्यो । जसको राजनीतिलाई आउने पुस्ताले उदाहरणका रुपमा लिन्थ्यो ।’

गत शुक्रबार भएको बालकुमारी घटना पनि त्यसकै निरन्तरता भएको उनको दाबी छ । विदेशमा गएर केही गर्छु भन्ने दुई युवाको राज्यले हत्या गरेको लामिछानेले बताए ।

गृहमन्त्री श्रेष्ठप्रति आक्रामक रुपमा प्रस्तुत भएका लामिछानेले संविधानको मर्म विपरीत राष्ट्रियसभामा आएको र गृह मन्त्रालयका लागि मरिहत्ते गरेको बताए । आफूप्रति प्रतिशोध राखेको उनको आरोप छ । पत्रिकामा आएको हेडलाइनलाई हेरेर आफ्नो विषयमा छानबिन गर्न समिति बनाएको तर प्रतिवेदन सार्वजनिक नगरेको भन्दै लामिछानेले भने, प्रतिशोध रोग हो, शरीरभित्र नपाल्नुहोला ।’

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com