कैलाली र कञ्चनपुरमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

  • २२१
  • आइतबार, ८ पौष २०८०


धनगढी । कैलाली र कञ्चनपुरमाभएका छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-१८ को फूलबारी र कञ्चनपुरको वेदकोट नगरपालिकामा शनिबार भएका दुर्घटना बालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार वेदकोट नगरपालिका-६ सिसैयामा से १ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट बैतडीको दोगडाकेदारका ६ वर्षीय लवचन्दको मृत्यु भएको हो ।

हालवेदकोट नगरपालिका-६ स्थित मामा घरमा बस्दै आएकाचन्दको शनिबार साँझतिर घर नजिकै खेलिरहेको अवस्थामा ट्याक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।

 

ट्याक्टर र ट्याक्टर चालकवेदकोट-१० नयागाउँ बस्ने ४५ वर्षीय रामबहादुर खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार नै धनगढी-१८ को फूलबारी ई गाँउमा से५प ४७७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी-१२ जुगेडा बस्ने २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जिल्लामा भएका सवारी दुर्घटनाबारे थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com