काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आज हुँदैछ ।
प्रदेशको पहिलो सम्मेलनमा केनद्रित रहेको कांग्रेसले आज बागमती प्रदेशको सम्मेलन गर्न लागेको हो ।
सम्मेलन काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्ट भेन्युमा हुनेछ ।
यो सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने गरी छलफल हुने कार्ययोजना छ ।