योमारी पुन्हीको अवसरमा भक्तपुरमा सम्पदा पदयात्रा हुने

  • ३७१
  • शनिबार, २३ मंसिर २०८०
 
भक्तपुर । भक्तपुर नगरपालिकाले योमरी पुन्हीको अवसरमा सांस्कृतिक नगर भक्तपुरको परम्परागत नेवारी परिकार योमरी उत्सव र नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका साथ ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित २०८० पुस १४ गते शनिबार सांस्कृतिक सम्पदा पदयात्रा गर्ने भएको छ ।
भक्तपुर नगरपालिकाले सांस्कृतिक पदयात्रा गर्ने विषयमा सम्बन्धित सरोकारवालाहरुसँग मंसिर २१ गते छलफलको आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले २०७९ सालमा ‘भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा गरेको र यो वर्ष भक्तपुरको बहाबही चिनाउने उद्देश्यले ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नाराका साथ उक्त पदायात्रा आयोजना गरिने बताए ।
उहाँले भक्तपुरमा रहेका सम्पदाहरुबारे स्थानीय जनतालाई जानकारी दिने उद्देश्यले सम्पदा पदयात्राको आयोजना गर्न लागेको  बताए । 
सम्पदा चिनाउने, त्यसबारे अध्ययन अनुसन्धान गर्नेहरुलाई पनि अवसर दिने, बहाबहीको अवस्था बुझ्ने र नगरभरि छरिएर रहेको बहाबहीको अवस्थाबारे अभिलेखीकरण गरी नया“  पुस्तालाई जानकारी दिने समेत कार्यक्रमको उद्देश्य रहेको स्पष्ट पारे ।
छलफलमा उपस्थित विभिन्न गुँला बाजा खलःका प्रतिनिधिहरुले भक्तपुर नपाको सकारात्मक काममा आफूहरुबाट सँधै साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त छलफल कार्यक्रममा क्वनेया गुँला बाजा खलः, विश्वकर्मा गुँला बाजं खलः र साःक्वलाँ गुला धलं, इन्द्रवर्ण महाविहार, शिवरात्री गुथीलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
भक्तपुर नपाको आयोजनामा २०८० पुस १४ गते शनिबार हुने सांस्कृतिक सम्पदा पदयात्रा भनपा वडा नं. ५ टौमढीबाट सुरु भई भनपा ७ याता गोल्मढीमा पुगी सम्पन्न गरिने कार्यक्रम छ । उक्त पदयात्रा बिहान ११ बजेबाट सुरु हुनेछ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com