भक्तपुर नपा वडा नं. ९ स्थित पुजारी मठ पुनःनिर्माण हुने भएको छ ।
मठ भत्काउने क्रममा भेटिने प्रत्येक वास्तु र सम्पदाहरुको अभिलेखीकरण गर्ने र महत्वपूर्ण सम्पदाहरु सुरक्षित प्रदर्शनीको व्यवस्था गर्ने निर्णय गरेको भक्तपुर नगरपालिको जनाएको छ ।
बैठकले पुजारी मठ पुनःनिर्माण कार्य व्यवस्थित रुपमा सञ्चालन गर्न भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वको संयोजकत्वमा सदस्यहरु आ. रामगोविन्द श्रेष्ठ, सम्पदा शाखा भनपा, आ. रिचा पौडेल, राष्ट्रिय कला संग्रहालय र ठेकेदार प्रतिनिधि पर्शुराम वैद्य, पुरातत्व विभागका इन्जिनियर विनिता भण्डारी रहने गरी सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।