हल्ट प्राइज २०२१–२२ को विजेता बन्यो टिम शिशी

  • ७२
  • आइतबार, २२ फाल्गुण २०७८


काठमाडौं । हल्ट प्राइज २०२१–२२ को विजेतामा शिशी टिम विजयी घोषित भएको छ । अनलाइनमार्फत् भएको विजयी टिमका मुदिता स्टोर र प्रोटोजोआ होस्टबाट टिमलाई उपहार र पुरस्कारहरू प्रदान गरियो । प्रतियोगितामा फर्स्ट रनर (अप टीम ड्रक) स्क्वाड र दोस्रो रनर–अप टीम पि.एस्.थ्रि. घोषित भए । तिनीहरुलाई पनि आकर्षक गिफ्ट भाउचर र पुरस्कारहरू प्रदान गरियो । साथै कोही पनि हात खाली नजाने प्रणाली अनुसार प्रत्येक सहभागी टोलीलाई पुरस्कार वितरण गरिने निर्णय गरियो । सबै टोलीहरूले आगामी पुरस्कार वितरण समारोहमा सान्त्वना पुरस्कारहरू पनि प्राप्त गर्ने जनाइएको छ । यससँगै पुरस्कार र उपहार भाउचरहरूका साथ एक गौरवपूर्ण यात्राको गौरवपूर्ण अन्त्य भएको छ ।
जानकारी सत्रदेखि उद्यमीहरूसँग कुराकानीसम्म धेरै सफल कार्यक्रमहरूको सञ्चालनपश्चात् प्रत्येक सहभागी र गैर–सहभागी सदस्यहरूबाट उत्साहजनक सहभागिताका साथ हल्ट प्राइज एट नेपाल इन्जिनियरिङ कलेज (नेक) को सबैभन्दा प्रतिक्षित दिन सफलतापूर्वक सम्पन्न भएको छ । नेकमा हल्ट प्राइजको ग्रान्ड फाइनल सफलतापूर्वक सम्पन्न भएको हो । सम्पूर्णले फाइनलमा परेका एघार टोलीहरूलाई उनीहरूको लगनशीलताको प्रशंसा गर्दै बधाई दिए । हल्ट प्राइजकोबारेमा छोटो जानकारीपछि, उप क्याम्पस निर्देशक सुश्री समी सुवेदीले अतिथिहरूलाई स्वागत गर्दै हल्ट प्राइजको विषयवस्तुको स्मरण गराइएको हो ।
नेकमा विश्वको सबैभन्दा ठूलो विद्यार्थी प्रतिस्पर्धा अर्थात् हल्ट प्राइजको दोस्रो संस्करणको फाइनल भएको हो । थुप्रै पिचिङ तथा रिपोर्ट सम्बन्धी सेसन र साथसाथै व्यापार अन्वेषण र अनुसन्धानलगायत थुप्रै कार्यक्रमपछि हल्ट प्राइज एट नेपाल इन्जिनियरिङ कलेज सम्पन्न रह्यो । र अन्तमा ११ टोलीहरूले जुम एपद्वारा आफ्ना बिजनेस प्लानको प्रस्तुति दिए र निर्णायक मण्डलको प्रश्नका सरल एवम् उत्तम जवाफ दिए । ती टोलीहरूमध्ये एक टोली हल्ट प्राइजको अर्को राउन्ड अर्थात् रिजनल” राउन्डमा पुग्ने निर्णय गरियो र उनीहरूको ठूला सपनालाई व्यवहारमा उतार्न रोमाञ्चक पुरस्कार चेकहरू प्रदान गरिने निर्णय गरियो । यसवर्ष, विद्यार्थी टोलीलाई आगामी दुई वर्षभित्र २ हजार युवालाई अर्थपूर्ण काम उपलब्ध गराउनुपर्ने एउटा उद्यमको निर्माण गर्नुपर्ने आधारशिला राखिएको थियो । कलेजको ६ भन्दा बढी संकायबाट थुप्रै विद्यार्थीहरूले फारम भरे र मंगलबारसम्म, ती आशावादीहरू ११ फाइनलिस्टमा परिणत भएका थिए ।
यसवर्ष तीन सम्मानित व्यक्तिहरूको निर्णायक मण्डल रहेको थियो । जज प्यानलमा प्रयास राजोपाध्याय (जव डाइनामिक डटकमका निर्देशक), श्रीमती प्रकृति मैनाली (शक्ति मिलन नेपालकी संस्थापिका) र दर्पण पुडासैनी (द्रोनेपालका सह–संस्थापक तथा अध्यक्ष) रहेका थिए । सामाजिक व्यवसायीहरूको रूपमा चिनिने चर्चित व्यक्तिहरूको निर्णायक मण्डल सामु आफ्नो विचार प्रकट गर्न पाउँदा प्रतिस्पर्धी टोलीहरू निकै उत्साहित देखिन्थे । सबै टिमले नेपाली वास्तुकलाको व्यवसायदेखि लिएर सिभिल इन्जिनियरिङको क्षेत्रमा निर्माणका आधुनिक प्रविधिहरू र फोहोर व्यवस्थापनसम्मका आ–आफ्नो फरक फरक व्यवसायिक योजना र मोडेलहरूको प्रस्तुती दिएका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.