भक्तपुर कप फुटबल ः भक्तपुर, बनेपा र छोगर्न विजयी

  • १६१
  • शनिबार, ७ फाल्गुण २०७८


भक्तपुर । भक्तपुर युवा टिमको आयोजनामा भइरहेको भक्तपुर कप फुटवल प्रतियोगिता अन्तर्गत शनिबार तीन वटा खेलहरु भए । दोश्रो दिनको प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी), बनेपा व्याइज क्वल र छोगर्न फुटबल क्लव विजयी भए ।
पहिलो खेलमा भक्तपुर, दोश्रोमा बनेपा व्याइज र तेश्रोमा छोगर्न फुटबल विजयी भएका हुन् । भक्तपुर एफसीले ख्वप फुटसल तथा टे«निङ सेन्टरलाई २-०, मध्यपुर चेतनशिललाई बनेपा व्याइजले ०-१ र छोगर्न फुटबलले महाराजगञ्ज फुटबल क्लवलाई १-० गोलले विजयी भए ।

भक्तपुर एफसी ख्वप फुटसल तथा टेनिङ सेन्टरवीच भएको खेलमा भक्तपुर एफसीकोतर्फबाट अजय चौधरी र उदित चौधरीले एकएक गोल गरे । यस्तै मध्यपुर चेतनशिल र बनेपा ब्वाइजवीच भएको खेलमा बनेका समिन खड्काले गोल गरेका थिए । साथै छोगर्न फुटबल र महाराजगञ्ज फुटबल क्लवबीच भएको खेलमा छोगर्नका विजय लामाले गरे ।

तीनवटै खेलमा वेष्ट प्लेयर र राइजिग प्लेयर छनौट गरी उनीहरुलाई नगदका साथै अन्य पुरस्कारहरु दिइयो । प्रतियोगिता अन्तर्गत आइतबार दुई वटा खेलहरु हुने छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.