काठमाडौंं । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी डा प्रेमसिंह बस्नेतले देशको रक्षा गर्ने कसम खाएकोले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट कुनै पनि हालतमा पास गर्न नदिने बताउनु भएको छ । गत बुधबार पूर्व सुरक्षाकर्मी परिषद नेपालले एमसीसीका विरुद्ध राजधानीम ाआयोजना गरेको ¥याली पछिको कोण सभालाई सम्बोधन गर्दै बस्नेताले उक्त कुरा बताउनु भएको हो ।
देश चलाउने नेताहरु, अत्याचार नगर्नुहोस, नेपाली जनताले झुण्डाउने छन्,भन्दै सहायक रथी बस्तनेतले सुरक्षाकर्मीको मुख्य प्रण भनेकै देश र जनताको रक्षागर्नु रहेको बताउनु भयो । देशलाई संकट परेका बखत बन्दुक त केही होइन जस्तो सुकै तल्लो स्तरमागएर पनि देश र जनातको रक्षा गर्ने उहाँँको भनाई थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सुरक्षाकर्मीसँग बल तथा हतियारको ज्ञान भएको र कानुन व्यावसायीसँग कलम भएकाले यदि दुबै मिल्ने हो भने जस्तोसुकै भ्रष्टाचारीलाई पनि कारवाही गर्न सकिने धारणा व्यक्तगर्नुभयो । ‘सुरक्षाकर्मी साथीहरु, आउनुहोस तपाई हामीमिलेर एकहजार भ्रष्टाचारीहरुलाई जेल हार्लौ’भन्दै बरिष्ठ अधिबक्ता न्यापानेले भन्नुभयो ‘सिंगापुर बनाउँछु भन्ने नेताहरुले देशलाई सिंगानपुर बनाए, नयाँ नेपालबनाउने भन्दै झनै पुरानै तिर धेकेलेको हुँदा आउनुहोस् देश बचाउने काममा सहभागी बनौं ।’
अर्का बरिष्ठ अधिबक्ता तथा नेपालका लागि नेपाली नाममा संस्थाका संस्थापक डा सुरेन्द्र भण्डारीले विदेशीका सामु नेपालका नेताहरुले घुँडा टेकेको हुँदा अव देश जोगाउने जिम्मेवारी पूर्व सुरक्षाकर्मीको काँधमा आएको धारणा व्यक्तगर्नु भयो ।
कार्यक्रममापूर्व सुरक्षाकर्मी नेपालका केन्द्रीय अध्यक्ष कोमल बहादुर राउत, केन्द्रीय सदस्यहरु काशीराम अधिकारी, विक्रम पाण्डेलगायतका बक्ताहरुले एमसीसीको लालिपप देखाएर अमेरिकाले नेपाल र नेपाली माथि दमन गर्न खोजेको आरोप लगाएकाथिए । एमसीसीमार्फत आउने सहयोग चाहिदैन भन्दाभन्दै पनि अमेरिकी विदेश मन्त्रीले शीर्ष नेताहरुलाई धम्काउने कार्यले पनि यसमा केही गलत भएको अनुमानलगाउन सकिने उनीहरुको धारणा थियो । माइतीघर मण्डलाबाट सुरु भएको ¥याली व्याण्ड, शंंखघोससहित महानगरका विभिन्न क्षेत्र हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नेपाली सेना, नेपालप्रहरी, सशस्त्रप्रहरी बल, राष्ट्रिय अनुसन्धान, व्रिटिस आर्मी, भारतीय सेनातथा सिंगापुर पुलिसबाट अवकास प्राप्तहरुको सहभागिता रहेको थियो । एमसीसी तत्काल नरोकिए विभिन्न जिल्लाहरुबाट पनि आन्दोलनजारी राख्ने परिषदले जनाएको छ ।