फागुन २१ र २२ गते अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

  • १३१
  • बुधबार, ४ फाल्गुण २०७८
 

काठमाडौं । एभरेष्ट नेपाल कल्चर ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते काठमाडौंमा ११औँ संस्करणको ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ हुने भएको छ । आयोजकले कोभिडका कारण प्रत्यक्ष सहभागिता सम्भव नहुने भएपछि भर्चुअल प्रविधिमार्फत मेलाको आयोजना गर्ने जनाएको छ । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले मेलामा नेपालसहित विश्वका ३० भन्दा बढी राष्ट्रबाट सहभागिताको लागि निश्चित भइसकेको बताए ।

उनका अनुसार यसपटक सांस्कृतिक मेलामा नेपालसहित इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिगापुर, स्लोभाकिया, साउथ अफ्रिका, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबेले सहभागिता जनाउँदै छन् ।

अध्यक्ष कोइरालाले वर्तमान युवा पिँढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेकाले अहिलेको अवस्थामा आफ्नो संस्कृति प्रवद्र्धनका निम्ती काम गर्न मेलाको आयोजना गरिएको बताए । संस्थाले २०५९ सालमा ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको  आधार’ भन्ने मूल नाराका साथ पहिलो  ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ को आयोजना गरेको थियो । 

संस्थाले २०७५ सालमा ‘अन्तर्राष्ट्रिय बालबालिका लोक सांस्कृतिक मेला’ आयोजना गरेपछि  आयोजना गरेको थियो । त्यसपछि हरेक दुई बर्षमा मेला आयोजना गर्दै आएको संस्थाले २०७६ सालमा पर्यटन वर्ष २०२० सफल पार्न ‘दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ आयोजना गरेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.