भक्तपुर कप फुटबलको टाइसिट सार्वजनिक

  • २२०
  • बुधबार, ४ फाल्गुण २०७८


भक्तपुर । भक्तपुर कप फुटबलको टाइसिट सार्वजनिक गरिएको छ । फागुन ६ गते शुक्रबारदेखि हुने भक्तपुर कप फुटबल प्रतियोगिताको लागि मंगलबार एक कार्यक्रम गरी टाइसिट सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी टिमका प्रतिनिधिहरुलाई गोलाप्रथा लिन लगाई टाइसिट बनाइएको थियो । सार्वजनिक टाइसिट अनुसार उदघाटन खेल आयोजक युवा टिम भक्तपुर र नमस्ते बनेपा फुटबल क्लब बनेपाबीच हुने भएको छ ।
कार्यक्रममा आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुुले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । टिमका संस्थापक एवं सल्लाहकार विश्वराम कवाँले प्रतियोगितामा हारजित निश्चित भएको भन्दै हारजित भन्दा मित्रताका लागि खेल खेल्नुपर्ने बताए । टिमका अर्का सल्लाहकार श्रीकृष्ण किसी, भक्तपुर फुटबल क्लवका उपाध्यक्ष सुनिल प्रजापति, आयोजक युवा टिमका सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सञ्जीव कवांलगायतले प्रतियोगिता सभ्यभव्य हुने बताए ।

प्रतियोगितामा पहिलो र दोश्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुने टिमलाई नगद रु एक लाख १५ हजार र दोश्रो हुने टिमलाई नगद रु ५५ हजार पुरस्कारको व्यवस्था रहेको छ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, अग्रखेलाडी, मिडफिल्डर, डिफेन्डर, गोलकिपर, कोचलाई पनि वेष्ट अवार्ड दिने योजना रहेको छ । प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट पनि प्रतिनिधित्व रहेको जनाइएको छ । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुरसहित काभ्रेपलान्चोक गरी कुल १६ वटा टिमहरुले सहभागिता रहेको जनाइयो ।

प्रतियोगिताको खेल मैदान व्यवस्थापक अनिल सुकुपायोले प्रतियोगिताको लागि डोजर लगाएर खेलमैदान मिलाउनुका साथै पोलमा रंगरोगन, गेट मर्मत गरी सम्पूर्ण तयारी अवस्थामा रहेको जनाए । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित स्थानीय महेश्वरी खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको उदघाट फागुन ६ गते शुक्रबार एक बजे हुनेछ । प्रतियोगिताको उदघाटन खेल दिउँंसा दुई बजे हुनेछ । प्रतियोगिताको उदघाटन प्रदेश सांसद सुरेन्द्रराज गोसाईबाट गराउने कार्यक्रम तय गरिएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.