आजबाट बेइजिङ ओलम्पिक

  • १७५
  • शुक्रबार, २१ माघ २०७८
 

काठमाडौं । एसियाली मुलुक चीनको बेइजिङमा  २४ औं शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु हुँदै छ ।

कोरोनाभाइरसकाे ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो । ९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

यद्यपि. अमेरिका, बेलायत, भारत लगायत विभिन्न देशले कुटनीतिकरुपमा बहिष्कार  गरेका छन् । उनीहरूले चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै  ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन् ।

हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । विन्टर ओलम्पिक २० फेब्रुअरी २० तारिखसम्म आयोजना हुनेछ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.