किन मागे बेलायती प्रधानमन्त्रीले माफी ?

  • १९०
  • मंगलवार, १८ माघ २०७८


एजेन्सी । बेलायतमा कोभिड प्रतिबन्धको समयमा प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटमा विभिन्न समयमा आयोजना भएका भोजबारे आलोचना भएपछि प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन् । ‘भोज आयोजना गरिएको विषयमा म माफी माग्न चाहन्छु’, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले भने, ‘यो महामारी हरेकका लागि कठिन थियो र मानिसहरुलाई विभिन्न त्याग गर्न अनुरोध गरिएको थियो । म उनीहरुको आक्रोश बुझ्छु ।’

तर, विपक्षीहरुले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । लेबर पार्टीका नेता किर स्टार्मरले प्रधामन्त्रीले राजीनामा दिनुपर्ने पूर्ववत माग पुनः दोहो¥याए । भोज आयोजनाबारे प्रधानमन्त्रीकै पार्टी कन्जरभेटिभ भित्र पनि उनको विरोध हुँदै आएको छ ।

सो विषयबारे छानविन गर्न गठित समितिले भोज रोक्न नेतृत्व विफल भएको बताएको थियो । वरिष्ठ सरकारी कर्मचारी सुसान ग्रेको नेतृत्वमा गठित समितिले कोभिडको समयमा भोज आयोजना गर्न अनुमति दिनुमा ‘नेतृत्व दोषी’ भएको बताएकी छिन् । समितिले प्रधानमन्त्री निवासमा भएका १६ ओटा जमघटको अनुसन्धान गरेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.