चीन- रुस मिलेर चन्द्रमामा ‘रिसर्च सेन्टर’ बनाउँदै, अमेरिकालाई चिन्ता

  • १५४
  • आइतबार, १६ माघ २०७८


एजेन्सी । केही समयअघिसम्म विभिन्न राष्ट्रबीच चन्द्रमामा पाइला कसले राख्ने भन्नेबारे प्रतिस्पर्धा थियो । तर अब चन्द्रमामा विभिन्न निर्माण कार्य गर्नेमा तीव्र प्रतिस्पर्धा सुरु भएको छ ।

अमेरिका र चीनबीच चन्द्रमाको विषयमा ठूलो तँछाडमछाड चल्न थालेको छ । हालै चीनले आफू र रुस मिलेर चन्द्रमामा २०३५ सम्ममा एक रिसर्च सेन्टर निर्माण गर्ने बताएको छ ।

चीनको घोषणाले सबैभन्दा बढी अमेरिकाको टाउको दुखेको छ । चीनले घोषणा गरेको रिसर्च सेन्टरले अमेरिकी स्पेस एजेन्सी नासालाई टक्कर दिने बताइएको छ । चीनको स्पेस एजेन्सी चाइना नेसनल स्पेस एड्मिनिस्टे«सन ९सीएनएसए०का अधिकारीहरूले शुक्रबार इन्टरनेसनल लुनर रिसर्च स्टेसन ९आईएलआरएस० निर्माण गर्ने योजनाको पुष्टि गरेका हुन् ।

सीएनएसएका उपनिर्देशक वु यानहुआले पेइचिङमा मिडियासँग भने, ‘रुस र चीनको लक्ष्य २०३५ सम्म आईएलआरएसको सम्पूर्ण ढाँचाको निर्माण गरिसक्नु रहेको छ ।’

आईएलआरएसले नासाको लुनर गेटवेलाई टक्कर दिने बताइएको छ, जसलाई अमेरिकी अन्तरिक्ष एजेन्सीको आगामी अर्टेमिस प्रोग्राममा महत्वपूर्ण भूमिका निर्वाह गर्न तयार राखिएको छ । तथापि, नासाको लुनर गेटवेले केवल चन्द्रमाको परिक्रमा गर्नेछ, आईएलआरएसले परिक्रमाका साथै चन्द्रमो सतहमा अन्य खोजीसमेत गर्नेछ ।

ब्लुमबर्ग क्विन्टको रिपोर्टमुताबिक, रुस र चीनको आगामी लक्ष्य चन्द्रमामा अन्य निर्माणसमेत गर्ने रहेको छ, जसमा ऊर्जा, सञ्चार तथा लाइफ सपोर्टिङ सिस्टमसमेत सामेल छ ।

अन्य देश पनि सहभागी हुन सक्ने

आईएलआरएसको ढोका अन्य देशका लागि पनि खुला रहेको बताइएको छ । यानहुआले भने, ‘हामी अन्तर्राष्ट्रिय सहयोगीहरूको व्यापक सहभागिताको स्वागत गर्दछौं ।’

यो परियोजना मार्च २०२१ मा रुस र चीनबीच भएको एक सम्झौताबाट सुरु भएको थियो । यसअघि रुसले नासाको गेटवे प्रोग्राममा सहभागी हुने इच्छा देखएको थियो । २०१७ मा रुसको स्पेस एजेन्सी रोस्कोस्मोस र नासाले संयुक्त ज्ञापनपत्र पनि प्रकाशित गरेका थिए । तर पछि जनवरी २०२१ मा रुसले नासासँग सहकार्य नगर्ने घोषणा गरेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.