शाक्यधिता ध्यान घरको शिलान्यास

  • ११३
  • बुधबार, ५ माघ २०७८

 

काठमाडौं । ‘नेपालीले आफूलाई बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्न सक्नुपर्छ । विश्वले वुद्ध दर्शनलाई आदर्शका रुपमा मानेको छ । यसप्रति गर्व गरौँ ।’ काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले धारणा राख्नुभएको छ । आज काठमाडौँ महानगरको वडा १५ किमडोलस्थित किमडोल बहालमा शाक्यधिता नेपालको ध्यान भवन शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘वुद्ध धर्मको मर्मलाई प्रवर्धन तथा प्रचार प्रसार गर्न काठमाडौँ महानगरपालिकाले थेरवादी तथा बज्रयानी विहारको निर्माण, पुननिर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको छ । वुद्धको दर्शनलाई प्रबर्धन गर्न यो सरकारकातर्फबाट लगानी हो ।’ शाक्यले भन्नुभयो, ‘वुद्ध दर्शनका लागि विश्वका धेरै देशहरुले लगानी गरेका छन् । त्यस प्रकारका लगानी नेपालमै पनि छन् । यसबेला नेपालले पनि लगानी गर्नुपर्छ भनेर हामी अगाडि बढेका हौँ ।’

बहालभित्र करीव ३ हजार ५ सय बर्गफिट क्षेत्रफलमा साढे ३ तले भवन निर्माण हुनेछ । यसका लागि महानगरपालिकाले करीव ७६ लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । उपभोक्ताको ५ प्रतिशत सहभागिता रहनेछ ।

शिलान्यास कार्यक्रममा बोल्दै शाक्यधिताका पदाधिकारीहरुले, महानगरपालिकाबाट प्राप्त सहयोगको प्रशंशा गरेका थिए । महानगरले हामीलाई सरकार भएको अनुभूति दिएको छ । प्राप्त सहयोगलाई हामी उपासक उपासिकाको सहजताका निम्ति पूर्वाधार तयार पार्नेछौँ । उहाँहरुको भनाइ थियो

वुद्ध दर्शनको प्रवर्धन घटेका बेला यस बहालबाट प्रवर्धनका योजना गरिन्थे । प्रचार प्रसार र प्रवर्धनका काम हुन्थे । वहालमा रहनुभएका गुरुमाहरु इन्द्रावती र मेत्तावतीले यसको प्राचीनताको साइनो देखाउनुभयो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.