राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध

  • २०३
  • सोमबार, २७ मंसिर २०७८


भक्तपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्नबाट रोक लगाएपछि पत्रकारहरुले विरोध जनाएर क्यामरा डाउन गरेका छन् ।उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर दुर्ब्यबहार गरि रोकेका थिए ।

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । यसै गरि सो कार्य प्रति पत्रकार महासंघले समेत ध्यानो ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ति जारि गरेको छ। ‘समाचार संकलन गर्न गएका पत्रकार माथि प्रहरी र निर्बाचन समिका सदस्यहरुले दुर्ब्यबहार गर्दै समाचार संकलनमा अबरोध पुर्य्याएको प्रति गम्भर ध्यान आकर्षण भएको जारि बिज्ञप्तिमा भनेको छ। नेपाली काँग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । ’बिज्ञप्तीमा भनिएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.