यसवर्ष पनि कबड्डी खेलमा मिनर्वा स्कुल प्रथम

  • ४२७
  • बिहीवार, २३ मंसिर २०७८


भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको भेलुखेल स्थित एन्टिक ड्राइभिङ्ग सेन्टरको प्राङ्गणमा आज सम्पन्न भएको भक्तपुर नगर व्यापी छात्र छात्रा कबड्डी प्रतियोगीताको फाइनल खेलमा मिनर्वा इङ्गिलश स्कुलले पारागन एकेडेमीलाई ६५ अंकका विरुद्ध २४ अंकले पराजित गरी प्रथम हुन सफल भएको छ । मिनर्वा इङ्गिलश स्कुल गत वर्षको पनि विजेता टोली हो ।

त्यस्तै वागीश्वरी उ।मा।वि। र साइनिङ्ग स्टुडेन्ट्स एकेडेमी संयुक्त रुपमा तृतिय भएको छ । छात्रा तर्फ साइनिङ्ग स्टुडेन्ट्स एकेडेमी प्रथम, वागीश्वरी उ।मा।वि। द्धितिय र रोम्बस एकेडेमी तृतिय भएको छ । छात्र तर्फ ६ वटा विद्यालय र छात्रा तर्फ ३ वटा विद्यालय सहभागी भएको उक्त प्रतियोगितामा भक्तपुर न।पा।का मेयर श्री सुनिल प्रजापतिले विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गर्न भयो । उक्त प्रतियोगिता ४ नं। वडा कार्यालयको संयोजकत्वमा सम्पन्न भएको हो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.