काठमाडौंबाट हल्चोकको भैरव मूर्ति चोरी

  • १३५
  • मंगलवार, २१ मंसिर २०७८


काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ३, हल्चोकस्थित आकाश भैरव मन्दिरबाट आकाश भैरवको मूर्ति चोरी भएको छ। गएराति १२ देखि साढे १२ बजेको बीचमा मूर्ति चोरीको भएको आकाश भैरव मन्दिरका गुठियार अध्यक्ष सागर पुतुवारंकाले जानकारी दिए। अध्यक्ष पुतुवारंकाका बुबा छपुव पुतुवारंका मन्दिरका पुजारी हुन्। उनी मन्दिरमै बस्ने गर्छन्।

“मध्यराति चार(पाँच वटा मोटरसाइकलमा आएका व्यक्तिले चूपचाप बस्न धम्की दिंदै मूर्ति चोरेर लगेछन्,” अध्यक्ष सागरले भने, “ज्यान मार्ने धम्की दिएपछि बुबा पनि चूपचाप लाग्नुभएछ।” मन्दिरमा दुई जना पुजारी छन्। गएराति छपुवको पालो थियो। यस मन्दिरमा हरेक वर्ष इन्द्रजात्राको अघिल्लो दिन जात्रा लाग्छ। जात्राका समयमा धुमधामसँग पूजाआजा हुने गर्छ।

गुठीका सहयोगी नृपेन्द्रलाल श्रेष्ठले यो मूर्तिको निकै महत्त्व रहेको बताउँछन्। “इन्द्रजात्राको दिन मुकुट र लुगा लिएर नगरदेवीबाट निस्कने र अन्तिम दिनमा यही मन्दिरमा फर्केर आकाश भैरवको महापूजा गरिन्छ,” उनी भन्छन्। उनका अनुसार, भैरवको अर्को स्वरूप नै आकाश भैरव हो।

मूर्ति चोरी भएको विषयमा प्रहरीमा उजुरी दिएको अध्यक्ष सागरले बताए। अब के गर्ने भन्ने विषयमा स्थानीय र गुठीका सल्लाहकारसँग छलफल गर्ने उनको भनाइ छ।

सम्पदा पुनःस्थापना अभियानका प्रवक्ता रोशन मिश्र चोरी हुने क्रम बढ्नु चुनौतीपूर्ण भएको बताउँछन्। “पहिल्यै चोरी भएका भैरवका मास्कहरू मेट्रोपोलिटन, सिकागो, रुबिन्स म्यूजियमको सङ्कलनमा रहेको पाएका छौं। फेरि अर्को पनि त्यस्तै मूर्ति हराउनु दुःखद हो,” उनी भन्छन्।

गत एक महीनामा मात्रै उपत्यकाबाट चार वटा मूर्ति हराएको मिश्रले बताए। मूर्ति चोरी हुन नदिन सुरक्षाका उपाय अपनाउनुपर्ने उनको भनाइ छ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.