भक्तपुर क्षेत्र नं. १ मा पुनः मतदान गर्न कांग्रेस संस्थापन इत्तर समूहको माग

  • ११४
  • बिहीवार, ९ मंसिर २०७८

 

भक्तपुर । एक पक्षीय रुपमा मतगणना गरेको भन्दै भक्तपुर क्षेत्र नं. १ मा पुनः मतदान गर्न कांग्रेस संस्थापन इत्तर समूहले माग राखेको छ। मंगलबार भएको क्षेत्रीय समितिको निर्वाचनमा संस्थापन समूहले एक पक्षीय रुपमा मतगणना गरेको भन्दै संस्थापन इत्तर समूहले प्रेस विज्ञप्तिमार्फत् पुनः मतदान गर्न माग राखेको हो।

क्षेत्र नं. १ का क्षेत्रीय सभापतिका उम्मेदवार उद्धव खड्का र केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेदवार एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य विनोदप्रकाश कायष्ठले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरेका हुन्। विज्ञप्तिमा मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु हुन लागेको बेलामा बागमति प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेलको नेतृत्वमा केही व्यक्तिहरुले होहल्ला गरी मतगणनामा अवरोध पु¥याइ होहल्ला, नाराबाजी र झडप हुने अवस्था आएपछि इत्तर समूहले मतगणना स्थगित गरी बुधबार बिहान पुनः छलफल गरी मतगणना गर्न पटकपटक मतदान अधिकृतलाई मौखिक अनुरोध गरेको, जिल्ला निर्वाचन अधिकृत बरिष्ठ अधिबक्ता मुकुन्द शर्मा पौडेललाई दजनौं पटक सम्पर्क गर्दा सम्पर्क नभएपछि राति १० बजे आफूहरु बाहिरिएका जनाइएको छ।

नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ कोदफा नं. २ (६) बमोजिम मतगणना गर्दा व्यवस्थित रुपमा सम्बन्धित उम्मेदवारहरु वा निजको बारेसको रोहवरमा गर्नुपर्छ भन्ने स्पष्ट व्यहोरा छ । यसो हुँदाहुँदै पनि इत्तर समूहको कुनै उम्मेदवार तथा वारेस नराखी एकपक्षीय ढंगबाट मतगणना गरी निर्वाचन परिणाम घोषणा गरेकोले उक्त मतगणनाको परिणाम बदर गरी पुनः मतदान गर्न इत्तर समूहले माग गरेको छ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.