गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु

  • ९०
  • मंगलवार, ७ मंसिर २०७८


काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका(७ सुर्सिङको झाक्रिटोलमा रहेको सन्त तामाङको एक तले गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ।

सोमबार राति भएको आगलागीमा परी सन्तका छोरा ६ वर्षीय मनोज, स्थानीय सुकमान तामाङका ५ वर्षीय छोरा मनिष र साइला तामाङका ५ वर्षीय छोरा दिलबहादुर रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

बस्तुभाउलाई कुँडो पकाउनका लागि बालिएको आगोबाट गोठमा आगलागी भएको र त्यहाँ रहेका बालबालिका आगोमा परेका बस्नेतले बताए। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.