यी हुन् मासुबाट भन्दा तेब्बर फाइदा दिने खानेकुराहरु

  • ४६१
  • आइतबार, ५ मंसिर २०७८


अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।

जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त रु हेरौंः

देशी बदाम(यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

काजु

काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

पेस्ता(पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

बदाम(१०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

ओखर(ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

किसमिस(दाख वा किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

अन्जीर(अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दुखाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.