बालकथा संग्रह छिरविरे छाता विमोचित

  • ६२
  • शनिबार, ४ मंसिर २०७८


भक्तपुर । भक्तपुर तेखापुखूका शीला सैजू शितलद्धार लिखित बालकथा संग्रह छिरविरे छाताको शनिबार एक कार्यक्रमवीच भक्तपुरमा विमोचन गरिएको छ । डा रामचन्द्र पाण्डे र साहित्यकार ध्रुब मधिकर्मीले संयुक्त रुपमा संग्रहको विमोचन गरेका हुन् ।
कथा संग्रहमा छिरविरे छाता र जुम्ल्याहा खरायोका भविष्य गरी दुई वटा बाल कथाहरु समावेश छन् । कथा संग्रह १८ पृष्ठको रहेको छ । कथा संग्रहको प्रकाशन सिर्जना अभियान समाजले गरेको हो । कथा संग्रहको मूल्य ६० रुपैयाँं राखिएको छ ।

कार्यक्रममा लेखक सैजूले पुस्तक भक्तपुरका स्कुलहरुकालाई प्रति स्कुल दुईतीन कपी, दुई तीन कपी गरेर सवैतिर निशुल्क वितरण गर्ने उदघोष गरिन् । विद्यार्थीको प्रेरणाका लागि कथा संग्रहको लेखन गरेको उनले सुनाइन् ।
भक्तपुरमा जन्मेकी लेखिका सैजू परिवारसहित क्यानडा वस्दै आएकी छिन् । उनी नेपाल आएको मौका पारी पुस्तक प्रकाशन गरेको कार्यक्रममा उनले बताइन् । उनी पूर्व पत्रकारसमेत हुन् ।

कार्यक्रममा प्रमुख अतिथि डा पाण्डे, कथाकार मधिकर्मी, लेखिका सैजू, साहित्यकार हरिहर तिमल्सिना, तेजराम झालगायतले कथाका विविध पक्षमा आआफनो धारणा राखेका थिए । कार्यक्रममा गीत तथा नृत्यबाट मनोरञ्जनसमेत गराइएको थियो । लेखिका सैजूको यो पहिला कृति भएको बताइएको छ 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.