वर्तमान राजनीतिक स्थिति तथा न्यायपालिकामा देखिएको सङ्कट विषयक विचार गोष्ठी

  • ४२
  • शनिबार, ४ मंसिर २०७८



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सर्वोच्च अदालतलगायत न्यायापालिकामा देखिएको बेथिति र जटिलताको लागि पटक पटक सरकारको नेतृत्व गरेका शासक दलहरू भएको बताउनुभएको छ ।

कानून अध्ययन समाज नेपालद्वारा शुक्रबार यहाँ आयोजित – वर्तमान राजनीतिक स्थिति र न्यायपालिकामा देखिएको सङ्कट विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उहा“ले पु“जीवादी प्रजातन्त्रलाई असल सिद्ध गर्न दावी गरिने शक्ति पृथकीकरणको सिद्धान्त पनि देशको घटनाक्रमले पढ्ने र पढाउने विषय मात्र भएको पुष्टि भएको बताउनुभयो ।
सांसद सुवालले नेपालको संविधान २०७२ निर्माणका क्रममा संसदीय सर्वोच्चतालाई मानिएको तर हरेक राजनीतिक विवाद अदालतमा पु¥याउ“दा र अदालतले पनि स्वीकार गर्दा र परमादेशहरू जारी गर्दा देशका अदालतको सर्वोच्चता कायम हुन गएको छ भन्नुभयो । उहा“ले राजनीतिक निर्णयहरूलाई अदालतले फैसलाको विषय बनाउन नहुने बताउ“दै दलहरू कति सही र कति गलत त्यसको निर्णय जनताले चुनावमार्फत् गर्नु र चुनावबाट नया“ संसद र सरकार बनाउनु नै प्रजातन्त्र भएको बताउनुभयो ।

प्रधानन्यायाधीश र न्यायाधीशहरू शासक दलहरूको प्रभाव र दबाबमा परेको औ“ल्याउ“दै उहा“ले न्यायपालिका स्वतन्त्र भएको जतिसुकै दावी गरिए पनि प्रधानन्यायाधीश र न्यायाधीशहरूको व्यवहारले त्यसलाई पुष्टि गर्न नसकेको बताउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान र कानून विपरीत गर्ने न्यायाधीशहरुको विरुद्ध महाअभियोग लगाउन शासक दलहरुलाई दबाब दिनुपर्ने बताउनुभयो ।
न्यायाधीश नियुक्ति स्वतन्त्र नभएसम्म स्वतन्त्र न्यायपालिकाको कल्पना सम्भव नभएको बताउँदै उहाँले संविधानले संविधान र कानुनको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएको प्रष्ट पार्नुभयो ।
कानुन व्यवसायी र न्यायाधीशहरुले स्वतन्त्र न्यायपालिकाको छविलाई कायम राख्न संविधानअनुसार न्यायाधीशहरु नियुक्ति र बर्खास्ती गर्नेतर्फ ध्यान दिनुपर्ने भन्दै उहाँले संविधानबमोजिम प्रधान न्यायाधीश र परमादेश जारी गरी संसद पुनःस्थापनाको फैसला गर्ने सबै न्यायाधीशहरु विरुद्ध महाअभियोग लगाउनेतर्फ लाग्नु नै आजको समस्यको निकास हो भन्नुभयो ।
विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीले न्यायालय क्षेत्रको विकृति र विसङ्गतिको कारक न्यायाधीश नियुक्ति प्रक्रिया र प्रणाली भएको औ“ल्याउ“दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायपालिकामा प्रवेश नै राजनीतिक दलका शीर्ष नेताहरूको दबाबबाट भएको बताउनुभयो ।
उहाँले संविधानमा कैयौं त्रुटीपूर्ण रअस्पष्ट व्यवस्थाहरू रहेका र तिनले विवाद जन्माइरहेको औल्याउदै न्याय परिषद्, संवैधानिक परिषद् र संसदीय सुनुवाइको संवैधानिक प्रावधानमा व्यापक सुधार आवश्यक छ भन्नुभयो ।

कार्यक्रमका सभापति एवम् कानुन अध्ययन समाज नेपालका अध्यक्ष अधिवक्ता रामप्रसाद प्रजापतिले न्यायपालिकाको संवैधानिक व्यवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको कार्यक्रममा समाजका सदस्य अधिवक्ता प्रकाश थुसाले न्यायपालिका भित्रको विकृति र हरिकृष्ण कार्की समितिको प्रतिवेदन तथा अर्का सदस्य अधिवक्ता मनज ज्याख्वले कानुन व्यवसायीहरूको चालु आन्दोलनको अवस्था विषयमा प्रस्तुतीकरण गर्र्नुुभएको थियो । उक्त कार्यक्रममा कानुन अध्ययन समाज नेपाल भक्तपुरका अध्यक्ष राजु कैटीले समाजबाट प्रकाशित अपिल वाचन गर्नुभएको थियो भने अधिवक्ता अनिता जधारीले पनि बोल्नुभएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.