भक्तपुर उद्योग वाणिज्य संघद्धारा प्रकाशित स्मारिका विमोचन

  • १८०
  • शुक्रबार, २६ कार्तिक २०७८


भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको ३४ औं वार्षिक साधारणसभा शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ । साधारणसभाको उदघाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमवीच गरे । कार्यक्रममा संघद्धारा प्रकाशित स्मारिकाको पनि विमोचन गरियो ।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठले संघले ५५ वर्ष लामो गर्विलो इतिहास भएको बताए । संघको पहिलो अध्यक्षमा भक्तपुर कटुञ्जेका स्वर्गीय गणेशभक्त शाख रहेको जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथिलगायत अतिथिहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शिवप्रसाद बालले धन्यवाद ज्ञापन गरे ।

संघको अधिवेशनले नयाँं नेतृत्व पनि चयन गर्नेछ । संघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । यस अनुसार अवको संघको नेतृत्व वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले गर्ने छन् अर्थात् मानन्धर स्वत अध्यक्ष हुनेछन् । बाँंकी पदाधिकारीहरुका लागि भने दुई वटा पदबाहेकमा सर्वसम्मत रुपमा सहमति भइसकेको जनाइएको छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष साधारणका लागि भोलि शनिबार संघको कार्यालय व्यासीमै निर्वाचन हुने जनाइएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.