काभ्रे । बिजुलीको पोलमा काम गर्दै गर्दा पनौती नगरपालिका वडा नं का सुशील घिमिरेको करेन्ट लागेर मृत्यु भएको छ। सुशीलको मृत्युपश्चात उनका आफन्तले बनेपा स्थित नेपाल विद्यूत प्राधिकरणको वितरण केन्द्र घेराउ गरेका छन्।
हिजो बिजुलीको पोलमा काम गरिरहेको सुशील घिमिरेको करेन्ट लागेर मृत्यु भएको थियो । प्राधिकरणको लापर्बाहिका कारण घिमिरेको मृत्यु भएको भन्दै आफन्तहरुले घटनाबारे छानबिन गर्न माग गर्दै नेपाल विद्यूत प्राधिकरणको वितरण केन्द्र घेराउ गरेका हुन्।
मृतकका आफन्तले नेपाल विद्यूत प्राधिकरणको वितरण केन्द्र घेराउ गर्न थालेपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।