नेपालमा भेटियो खतरनाक अमेरिकाको रैथाने माछा

  • १८२
  • बुधबार, १७ कार्तिक २०७८


विराटनगर : मोरङमा पहिलो पटक अनौठो प्रजातिको माछा भेटिएको छ। धनपालथान गाउँपालिकाको दादरबेरियास्थित लोहन्द्रा खोलामा लगभग पाँच सय ग्राम तौलको ‘सकरमाउथ क्याट फिस’ फेला परेको हो। स्थानीयले खोलामा माछा मा’र्ने क्रममा गत बुधबार दिउँसो फेला पारेपछि घरमा लगेर राखेका थिए। बचाउन मुस्किल परेसँगै पुनः माछालाई स्थानीयले खोलामै छाडिएको पाइएको डिभिजन वन कार्यालय मोरङका अधिकृत प्रमेश्वर पासवानले बताए। उनका अनुसार यो माछाको वैज्ञानिक नाम ‘हाइपोस्टोमस प्लेस्कोटोमस’ हो। नयाँ प्रजातिको माछा मोरङमा पहिलो र नेपालमा भने दोस्रो पटक भेटिएको उनको भनाइ छ।

सन् २०१८ मे १२ मा धनुषाका हेमनारायण यादवको पोखरीमा पहिलो पटक यो माछा भेटिएको जानकारी पासवानले दिए। उनका अनुसार यो माछा अमेरिकाको भने रैथाने प्रजातिभित्र पर्छ। पछिल्लो समय यसलाई केही मुलुकले एकोरियममा सजावटका लागि राख्न थालेको उनको भनाइ छ। सजावटकै लागि सन् १९९० मा एसिया, युरोप, चीन र बंगलादेशमा यो माछा भित्र्याइएको विज्ञहरूले बताएका छन्।

खानका लागि अयोग्य मानिने यसलाई आयूसीएन ९अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ० ले भने सं’कटापन्न जीवको सूचीमा राखेको छ। सजावटका लागि लगिएको माछा चीनको नदीहरूमा फैलिएको बताइन्छ। यो माछा कसरी नेपालमा आइपुग्यो भन्ने बारेमा अध्ययन एवं अनुसन्धान भइरहेको जानकारी वन अधिकृत पासवानले दिए। उनका अनुसार यो सहजै नेपालमा पाइने प्रजातिको माछा हैन।

‘मिचाहा प्रजातिको यो माछा खान योग्य छैन। यसको प्रवेशले नदी प्रणालीमै ठूलो असर गर्छ,’ उनले भने, ‘खाइदिने र मा’रिदि’ने गर्ने भएकाले नेपालका नदीमा पाइने रैथाने माछा नै लोप हुने खतरा रहन्छ। यो माछा जुनसुकै ठाउँको पानीभित्र बस्न सक्ने अवस्थाको हुन्छ।’ अधिकृत पासवानका अनुसार मि’चाहा प्रजातिकै भएका कारण यसले रैथानेको बासस्थान, प्रजनन र विकासलाई धेरै ठूलो असर गर्छ।

माछाविज्ञ दीपनारायण साह नेपालमा नपाइने यो माछा कसरी यहाँसम्म आइपुग्यो भन्ने पत्ता लगाउन अध्ययन एवं अनुसन्धान आवश्यक रहेको बताउँछन्। ‘यसले आफ्नो संख्या बढाउने र अरू रैथाने माछालाई खाने तथा श’री’रमा भएको काँ’डाले हा’ने’र मा’रिदि’ने गर्छ। माछाका भुराहरू पनि सबै सखाप बनाइदिन्छ,’ उनले भने, ‘नेपालमा पाइने स्थानीय प्रजातिका माछाका लागि यो ठूलो शत्रु हो। नेपालको नदीमा देखा पर्नु भनेको रैथाने प्रजातिका लागि निक्कै हा’निका’रक एवं ख’तरना’क मानिन्छ।’

नेपालमा रैथाने माछाको संख्या वृद्धिको निक्कै ठूलो बा’धक मा’निने भएकाले पनि यसका बारेमा गहिरो खोज तथा व्यवस्थापन आवश्यक रहेको साहले बताए। उनका अनुसार पानीभित्रको जमिन मुखले जोतिरहने यो माछाको बानी हुन्छ। जसका कारण पानीको भित्री सतहमा पाइने घाँसहरू ९वनस्पति० लोप एवं न’ष्ट हुन सक्ने साहको भनाइ छ।

मुखले जो’तेर रै’थाने मा’छालाई आवश्यक पर्ने पानीभित्रको वनस्पति मा’रिदि’ने उनको भनाइ छ। ‘यो माछा नदी प्रणाली नै न’ष्ट गरिदिने प्रजातिको हो। पानीको भौतिक र रासायनिक गुणसमेत परिवर्तन गरिदिन्छ,’ माछाविज्ञ साह भन्छन्, ‘उपयुक्त वातावरण नै न’ष्ट हुने भएपछि रैथाने माछाको संख्या पनि बढ्दैन। संख्या नबढ्दा र भएकालाई पनि यसले खा’इदिने हुँदा रैथाने माछा लोप हुन्छ।’ आवश्यक पर्ने पानीको वास्तविक गुण र उचित वातावरण नै न’ष्ट गरिदिने हुँदा यो प्रजातिको माछा रैथानेका लागि शत्रु मानिने साहको भनाइ छ। उनका अनुसार माछापालन भएको पोखरीभित्र यसको प्रवेश भएमा पालिएका सबै माछा स्वा’हा बनाइदिन्छ।

यो माछाले शरीरमा भएको काँ’डाले पानीको जीवमा आश्रित चरालाई समेत मा’रिदि’ने उनले बताए। नेपालको नदी प्रणाली, रैथाने माछा र पानीको जीवमा आश्रित चराको संरक्षणमा यो माछाका कारण चुनौती थपिने माछाविज्ञ साहको भनाइ छ। अन्नपूर्ण पोष्ट

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.