नेकपा एमाले भन्दा नेकपा एसको बढी सित आउने : स्वास्थ्य मन्त्री खटिवडा

  • २४५
  • मंगलवार, १६ कार्तिक २०७८


भक्तपुर । नेकपा एकिकृत समाजवादीका नेता एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले आगामी निर्वाचनमा आफ्नो पार्टीले एमाले भन्दा बढि सिट जित्ने दावी गर्नुभएको छ ।
युवा संघ नेपाल भक्तपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता खतिवडाले ओलीको दम्भकै कारण पार्टी बिभाजन भएसँगै अबको निर्वाचनमा समाजवादीले एमाले भन्दा बढि सिट ल्याउने दावी गर्नुभएको हो ।
२०७४ सालको निर्वाचनमा केपी ओलीले माओवादीसँगको गठबन्धन सँगसँगै आफूले निर्वाचन हार्ने देखेपछि राप्रपासँग तालमेल गरेर बिजय हासिल गरेता पनि अबको निर्वाचनमा ओलीको पराजय निश्चित रहेको उहाँले बताउनुभयो ।
हाल ओलीको काम भनेको प्रचण्ड र माधब नेपालको बिरोध गर्ने र उखान टुक्का हाल्ने मात्र रहेको भन्दै ओलीले सपनामा समेत माधव र प्रचण्डको नाम लिएर बरबराउने गरेको खतिवडाले टिप्पणी गर्नुभयो ।
संसदमा एमालेले १४ जना सांसद निकाल्ने विषयमा बिरोध गर्नु कुनै तुक नभएको बताउँदैै दुई पटक संसद भंग गर्नेले संसदमा बिरोध गर्नु लाज मर्दाे भएको उहाँले बताउनुभयो ।
ओलीले पार्टी बिभाजन गरेर गएपश्चात बामदेव, सिपि मैनाली, मोहनबिक्रम लगायतको हालतमा समाजवादी पार्टी पुग्ने बताउँदै आएता पनि उल्टै ओलीको अवस्था उनीहरुको भन्दा नाजुक हुने उहाँले बताउनु भयो ।
अबको निर्वाचनमा ओलीको पतन निश्चित रहेको बताउँदै टाउकै सकिने भएपछि भक्तपुरका गाण्टे नेताको पतन झनै निशिचत रहेको उहाँले ठोकुवा गर्नुभयो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.