एमालेका अध्यक्ष ओलीलाई भक्तपुरबाट चुनाव लड्न भौतिक पूर्वाधार विकास मन्त्री भँडेलको चुुनौती

  • १२८
  • मंगलवार, १६ कार्तिक २०७८

 

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी ओली लाई भक्तपुरबाट चुनाव लड्न भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले चुुनौती दिनुभएको छ ।
केहि दिन अगाडी महेश बस्नेतले नेपाली काँग्रेसका सभापतिलाई भक्तपुबाट निर्वाचन लड्न गरेको चुनौतीलाई उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओली भक्तपुरका कुनै पनि महिला सदस्य सँग पनि चुनावी मैदानमा उत्रन असक्षम भएको बताउनुभएको हो ।
नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नम्वर १ को आयोजनामा नवनियुक्त मन्त्री भँडेलको सफल कार्यकालको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोध गर्दै उहाँले भक्तपुरमा ओली नै चुनावी मैदानमा आएपनि जमानत जफत गराएर पठाउने उहाँले बताउनुभएको हो ।
उहाँले भक्तपुरका चारै नगरपालिका कम्युनिष्टहरुको चँगुलमा र भ्रष्टाचारको थलोमा रहेको बताउँदै उहाँले अव नगरपालिकालाई भ्रष्टाचारको चँगुलबाट मुक्त गर्न नेपाली काँग्रेस अगाडी बढन सबैलाई आग्रह गर्नुभयो ।
अव भक्तपुरमा झुटको खेती गर्ने नगरौं यो एमालेको मात्र काम हो भन्दै जनताको सेवामा लाग्न सबैमा उहाँले आवहान समेत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापा, भक्तपुर क्षेत्र नम्वर १ का सभापति जीवन खत्री , राप्रपाका केन्द्रिय सदस्य रविन्द्र प्रताप शाह लगाएतका नेताले शुभकामना व्यक्त गर्नुभएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.