जापानमा बन्यो उड्ने बाइक

  • १७२
  • शुक्रबार, १२ कार्तिक २०७८


एजेन्सी । जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ। उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर ९८ करोड १७ लाख रुपैयाँ० राखिएको छ। टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ। यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ।

यसको गति प्रतिघन्टा सय किलोमिटर रहेको समाचारमा उल्लेख गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ।


जापानका व्यस्त सडकहरूमा उड्ने बाइक चलाउन सरकारले अनुमति दिएको छैन। अहिले उक्त बाइकको प्रयोग उद्धार कार्य र दुर्गम ठाउँमा जानलाई हुनेछ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.