निर्वाचन सकिएको ४ वर्षपछि वडामा हारेको भनिएको वडाध्यक्षका उम्मेदवार आज विजयी

  • १७२
  • आइतबार, ७ कार्तिक २०७८


जनकपुरधाम । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा महोत्तरीको एक वडामा हारेको भनिएको वडाध्यक्षका उम्मेदवार आज विजयी भएका छन् ।

निर्वाचन सकिएको ४ वर्षपछि आज स्वतन्त्र उम्मेदवार रमेश राय मनरासिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पराजित राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

निर्वाचनको मतगणनाका क्रममा दुबै उम्मेदवारको मत बराबर आएको भनेर गोला प्रथाबाट वडाध्यक्ष निर्वाचित गरिएको थियो। र, गोला प्रथाबाट वडाध्यक्षमा चौधरी निर्वाचित भएका थिए ।

तर, निर्वाचन स्वच्छ नभएको रायले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिए । निर्वाचन सकिएको ४ वर्षपछि उच्च अदालत जनकपुरको आदेशमा आज पुनः मत गणना गरिएको थियो । आज भएको २ मतले राय वडाध्यक्षमा विजयी भएका हुन् ।

२०७४ असोज २ मा भएको स्थानीय तह चुनावमा दुबै जनाले २६७ मत ल्याएको भनिएको थियो । तर, आज भएको मत गणनामा रायले २६८ र चौधरीले २६६ मत ल्याएका छन् । साथै, ९९ वटा मत बदर भएको पाइएको छ।न्युज २४

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.