यंगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सुरु

  • २०६
  • आइतबार, ७ कार्तिक २०७८

 

काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लवको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले क्लिनिकको शुभारम्भ गर्नुभएको हो ।

क्लिनिक शुभारम्भ गर्दै प्रमुख शाक्यले, स्वास्थ्य र शिक्षामा महानगरले लगानी बढाएको उल्लेख गर्नुभयो । ‘हामीले महानगरबासीको मात्र उपचार गरेर हुँदैन । देशविदेशबाट काठमाडौँ आउने सबैको उपचार गरिदिनुपर्छ । महानगरले सञ्चालन गरेका क्लिनिकमा सेवाग्राहीको आकर्षण बढाउन सकियो भने ठूला अस्पतालमा सामान्य समस्याका विरामीको चाप घट्छ । यसले गर्दा ठूला अस्पतालहरुमा जटिल रोगको उपचारमा सहज हुन्छ । त्यसैले हामीले स्वास्थ्यमा लगानी बढाएका छौँ । अन्य स्वास्थ्य संस्थासँग सहकार्य गरेका छौँ । यसले गर्दा कोविड, डेङ्गुलगायत महामारीसँग जुध्न सजिलो भएको छ ।’

त्यस क्रममा प्रमुख शाक्यले, महानगरले सञ्चालनमा ल्याएका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकको आकर्षण बढाएर सेवाग्राहीको संख्या बढाउँदै लैजानु पर्ने बताउनुभयो । लगानी बढाउने जाने, सेवाग्राहीको संख्या घट्दै जाने हो भने लगानी खेर जान्छ । हाम्रो लगानीबाट धेरै नागरिकले लाभ पाउनुपर्छ । उहाँको भनाइ थियो ।
त्यस क्रममा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, सरकारले जनताका लागि व्यवस्था गरेका सेवा वडाबाटै पाउने वातावरण तयार भएको उल्लेख गर्नुभयो । त्यस्तै क्लिनिक इञ्चार्ज लक्ष्मण अधिकारीले, क्लिनिक सञ्चालनमा आएपछि सेवा व्यवस्थापनमा सहज भएको उल्लेख गर्नुभयो ।

अहिले महानगरका ३२ वटै वडामा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक छन् । यसका अतिरिक्त वडा १२ र १४ मा थप १÷१ वटा क्लिनिक छन् । रामघाट प्राथमिक स्वास्थ्य केन्द्र नेपाल सरकारबाट महानगरलाई नीतिगत रुपमा हस्तान्तरण गरिसकेको छ । यस्तै टेकुमा एउटा अकुपङ्चर सेवा पनि छ ।
महानगरले एक वडा एक सामुदायिक सहरी क्लिनिकको नीति बनाएर सबै वडामा क्लिनिक स्थापना गरेको हो । यसको पछिल्लो क्रममा वडा २, ९, ११, २०, २१, २२ र ३० गरी ७ वटामा स्थापना गरिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.