लाइसेन्सको नयाँ आवेदन खुल्दै, ७ लाख आवेदक स्मार्ट लाइसेन्सको पर्खाइमा

  • १०४
  • आइतबार, ७ कार्तिक २०७८

 

काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुला गर्ने तयारी गरेको छ। कार्तिक दोस्रो साताबाट स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला गर्ने गरी तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका सूचना अधिकारी लोकनाथ भुसालले कार्तिक दोस्रो साताबाट नयाँ आवेदन खुल्ला गर्ने तयारी भइरहेको बताए। कोरोना महामारीको जोखिम देखाउँदै गएको बैसाख १६ बाट विभागले लाइसेन्सको नयाँ आवेदन र परीक्षा स्थगित गरेको थियो।

स्मार्ट लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा गएको भदौ २० बाट खुलाएको थियो। तर, नयाँ आवेदन भने खुल्ला भएको थिएन। ‘अर्को हप्ताबाट नयाँ आवेदन खुलाउने तयारी गरेका छौँ’ सूचना अधिकारी भुषालले भने ‘अहिले हामी यसकै तयारीमा जुटेका छौँ’।

परीक्षाको लागि पुरानै आवेदक संख्या अहिले ६ लाखको हारहारीमा छ। ६ लाखको पालो सकिएपछि मात्रै नयाँ आवेदकले परीक्षा दिन पाउने उनले बताए।

७ लाख आवेदक स्मार्ट लाइसेन्सको पर्खाइमा

अहिले ७ लाखआवेदक स्मार्ट लाइसेन्सको प्रखाइमा रहेका छन्। विभागले स्मार्ट लाइसेन्स छाप्ने कार्ड सकिएको भन्दै १ वर्षदेखि स्मार्ट लाइसेन्सको छपाइ बन्द गरेको छ। नयाँ कार्डको लागि विभागले फ्रान्सको ‘सेल्प’ कम्पनीसँग सम्भौता गरेको थियो। तर, सम्झौता भएको डेढ वर्ष पूरा भएपनि कार्ड अझै आउन सकेको छैन।

कोभिडका कारण समयमा कार्ड आउन नसकेको विभागका सूचना अधिकारी भुसालले बताए। अबको एक महिना भित्र कार्ड आईपुग्ने विभागले जनाएको छ। कार्ड आउनासाथ आवश्यकता अनुसार छपाई सुरु गर्ने भुसालले बताए।

स्मार्ट लाइसेन्स कार्ड छपाइ नआउँदासम्मका लागि विभागले परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ। परीक्षणकालीन लाइसेन्सको समयावधी एक वर्षको हुन्छ।

स्मार्ट लाइसेन्स चेक गर्ने मेसिन छैन

स्मार्ट लाइसेन्स अहिले करिब २२ लाख चालकको हातहातमा छ। तर, ती स्मार्टलाइसेन्स चेक गर्ने मेसिन ट्राफिक प्रहरीसँग छैन। ट्राफिक प्रहरीका प्रवत्ता सन्जिव शर्मा दासका अनुसार ट्राफिक प्रहरीसँग स्मार्ट लाइसेन्स चेक गर्ने मेसिन एउटामात्र थियो। त्यो पनि बिग्रेको अहिले २ वर्ष भयो।

अहिले ट्राफिक प्रहरीले स्मार्ट लाइसेन्स चेक गर्दा कुनै किमिसको शंका लागेमा वा नक्कली लाइसेन्स हो भन्ने अशंका भएमा ती स्मार्ट लाइसेन्स यातायात व्यवस्था विभागमा पठाउने गरेको दासले बताए। आयोमेल

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.