नर्वेमा धनुष वाणको जथाभावी आक्रमण, ५ जनाको मृत्यु

  • १९८
  • बिहीवार, २८ आश्विन २०७८


काठमाडौं । नर्वेमा एक जना मानिसले धनुष वाणको प्रयोग गरी जथाभावी आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । राजधानी ओस्लोको दक्षिण पश्चिममा रहेको कङ्सबर्ग भन्ने शहरमा स्थानीय समयअनुसार साँझ सवा ६ बजे आक्रमण भएको हो ।

घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । घटना एकै जनाले गराएको आशंका प्रहरीले गरेको छ । नर्वेकी प्रधानमन्त्री इर्ना सोलवर्गले घटना निकै भयानक भएको बताउँदै धेरै मानिस त्रासमा रहेको बताउनु भएको छ ।

आक्रमणकारीलाई नियन्त्रणमा लिइसकेकाले डराउनु पर्ने अवस्था नरहेको प्रधानमन्त्री इर्नाको भनाई छ । आक्रमणकारीले कंग्सबर्गको पश्चिम तर्फको एक कुप एक्स्ट्रा सुपरमार्केट भित्र आक्रमण शुरू गरेको बताइएको छ । घाइते मध्ये ड्यूटी बाहिरका एक प्रहरी अधिकारी समेत रहेका छन् । नेपाल टेलिभिजन

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.