किन खाइन्छ कुछि भ्वय ?

  • २१७
  • बुधबार, २७ आश्विन २०७८

 

भक्तपुर । आज बुधवार भक्तपुरका स्थानीयबासीले कुछी भ्वय (दुई माना चिउरा राखेर खाने भोज) खार्दैछन्। यो वर्षेपिछे महाअष्टमीको दिन कुछी भ्वय (दुई माना चिउरा राखेर खाने भोज) खाने गर्छन्। यो भोज वर्षको एकचोटि मात्र खाने चलन छ। महाअष्टमीको दिन कुछी भ्यव सबै परिवार एक साथ बसेर भोज खाने परम्परा चलिआएको छ। कुछी भ्वय (दुई माना चिउरा राखेर खाने भोज) भोज केराको पातमा राखेर खाने परम्परा छ।

भक्तपुरको स्थानीयबासी रामबहादुर बासीले कुछी भ्वय सबै परिवार बसेर भोज खाने चलन रहेको उनले सुनाए। पहिला पहिला भए कुछी भ्वय अर्थात दुई मना अट्ने भाडामा टन्न चिउरा राखेर भोज खाइन्छ। तर आजभोली त्यो दुई माना अट्ने भाडाको भित्र कपडा राखेर नियमको पालना गरेर भोज खाने गरेको उनले बताए।

त्यस्तै भक्तपुर कै सुनिता दुवालले भने, पहिला भए कुछी भ्वय (दुई माना चिउरा राखेर खाने भोज) खानको लागि विहान एक छाक मात्र खाएर दिन भरी नखाई बस्न गरेकोे स्मरण गरिन्। कुछी भ्वय खाएर महालक्ष्मी मन्दिरमा सबै परिवार मन्दिर जाने गरेको उनले सुनाइन्। अरुबेलामा नगएपनि त्यो दिन कुछि खाइसकेपछि मन्दिर जाने उनी बताउँछिन्।

संस्कृतिवृद ओम धौभडेलले कुछि भ्य शक्ति प्राप्त गर्नको लागि खाने चलन रहेको बताए। कुछि भ्य भनेको खास कुलछि भ्य हो, कुलका परिवारसंगै बसेर खाने भोज भएको कारण कुलछि भ्य भनेको उनले जानकारी दिए। उनले यो कुछि भ्यमा अरु भोज जस्तै लप्टे वा थालमा नखाई केराको पातमा राखेर प्रचलन चलिआएको बताए। यस बेला सबै परिकारहरु जस्तै चिउरा, सागसबजी, मासुको परिकार, गेडागुडी, अचार इत्यादि सबै परिकार एकैचोटी केराको लप्टेमा राखेर खाने चलन छ, उनले भने। कुछि भ्यमा बसै थपेर खान नमिल्ने र सबैजना खानको लाथि बसेपछि उड्न नमिल्ने नियम भएको कारणले एकैचोटी सबै थोक राखेर खाने गरेको उनको भनाई छ। साथै कोही घरको सदस्य विदेश छ वा बाहिर छ भने पनि उनीहरुको लागि पनि भोज राख्ने चलन रहेको उनी सुनाउँछन्। अरु भोजमा जस्तै कोही घरको सदस्य यो नेवार समुदाय भएको सबै ठाउँमा कुछि भ्य खाने चलन रहेको उनी बताउँछन्।

कुछी भ्वय (दुई माना चिउरा राखेर खाने भोज) नवरातको आठौ दिन बेलुका खाने गर्छ। यो दिन महालक्ष्मी मन्दिर जाने दिन गरिन्छ। यो दिन अरु भक्तपुरको स्थानीयबासीहरु कुछी भ्वय (दुई माना चिउरा राखेर खाने भोज) खाए पछि मन्दिर जान्छन्। यो दिन अरु बेला भन्दा ढिलो मन्दिर आउने गरिन्छ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.