सात किलोमा बस दुर्घटना हुँदा ३३ जना घाइते, तीनको अवस्था गम्भीर

  • १३५
  • बुधबार, २७ आश्विन २०७८

 

सिन्धुपाल्चोक । काठमाडौंबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ । आज भएको दुर्घटनामा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन् । जसमध्ये तीनको अवस्था गम्भीर रहेको छ । काठमाडौंमा चल्ने कान्तिपुर यातायातको बा४ख १८०२ नम्बरको बस दुर्घटनामा परेको हो ।

बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको बताइएको छ । बस बाटोबाट १० मिटर तल खसेको छ । स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.