गोरखाबाट हनुमानढोका पठाइयो दशैैको फूलपाती

  • १५२
  • मंगलवार, २६ आश्विन २०७८


गोरखा । गोरखा दरबारबाट दसैंको फूलपाती काठमाडौंको हनुमानढोका पठाइएको छ। मंगलबार बिहान ८ बजेर २५ मिनेटको साइत निकाले गोरखा दरबारबाट फूलपाती काठमाडौं पठाइएको दरबारका पुजारी शारदा प्रसाद भट्टराइले जानकारी दिए।

गोरखाबाट आएको फूलपाती आज अपराह्न साढे चार बजे बाजागाजासहित काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा भित्राउने कार्यक्रम छ।

प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी, गोरखा दरबारका पुजारीहरु लगायतको उपस्थितिमा फूलपाती सरकारी गाडीमा काठमाडौं पठाइएको हो।

पहिले धादिङको जीवनपुर, नुवाकोट हुँदै पैदलै फूलपाती हनुमानढोका पठाउने प्रचलन थियो । २०६६ सालदेखि सवारी साधनमा पठाउन थालिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ।

राज्य एकीकरणका क्रममा पृथ्वी नारायण शाहले काठमाडौंलाई राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका लाने प्रचलन सुरु भएको हो।

तस्बिर : सामाजिक सञ्जाल

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.