हास्यकलाकार मनोज गजुरेल गरे विवाह

  • १३६
  • सोमबार, २५ आश्विन २०७८


काठमाडौं । कलाकार मनोज गजुरेल विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका हुन्। पोखरेलसँग भएको चिनजान विस्तारै घनिष्टतामा परिणत भएको र एकै खालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका आफूहरु अन्ततः सहयात्रा गर्ने निर्णयमा पुगेको उनले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्।

उनले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेपछि त्यही नै परिवारको उपस्थितिमा विवाह सम्पन्न गरेको र कौशलटारस्थित मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाना खुवाएर र खाएर विवाह सम्पन्न गरेको जनाएका छ्न।

४ र्वाअघि आफ्नो वैवाहिक जीवन कानुनी रुपमा टुंगिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘जीवनयात्राका दौरान आत्मीय साथको आवश्यकता महसुस हुनु स्वाभाविकै हो। त्यसैगरी मेरा बाबु(नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु पनि जरुरी थियो। यी दुवै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो,’ उनले आफूले पुनःविवाह गरेको स्पष्ट पार्दै भनेका छन्।

उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेख्न र नवविवाहिता श्रीमतीको इज्जत र प्रतिष्ठामा आँच आउने अर्यादित कथा नबनाइदिन सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन्।

उनले विगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण आफू र आफ्ना छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको उल्लेख गर्दै भनेका छ्न, ‘त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला।’

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.