शिल्पकारलाई दान्यहिरा विज्ञान प्रविधि पुरस्कार

  • १०२
  • आइतबार, २४ आश्विन २०७८


काठमाडौँ । नेपाल भाषा एकेडेमीबाट स्थापित दान्यहिरा विज्ञान प्रविधि पुरस्कार यसवर्ष परम्परागत प्रविधिका विशेषज्ञ जगतवीर शिल्पकारलाई प्रदान गरिने भएको छ ।

ऐतिहासिक मन्दिरहरूको जीर्णोद्वार तथा निर्माण, पाटी(पौवाहरु निर्माणमा प्रमुख कालिगढ भएर पुर्‍याएको योगदानको कदर गर्दै शिल्पकारलाई पुरस्कार प्रदान गरिएको एकेडेमीले जनाएको छ ।

शिल्पकारले विश्व प्रशिद्ध न्यातपोल मन्दिर, भैरवनाथ, साँखुको बज्रयोगिनी, खोटाङको हलेसी महादेव, बनेपाको चण्डेश्वरी, नाला भगवती मन्दिरलगायत ६० भन्दा बढी ऐतिहासिक मन्दिरहरूको जिर्णोद्वारमा, पाटी(पौवा तथा मन्दिरहरू निर्माणमा प्रमुख कालिगढ भएर काम गरेका छन् ।

सन् २००३ जर्मनीको ह्याम्बर्ग सहरमा प्यागोडा शैलीको मन्दिर निर्माणमा पनि प्रमुख शिल्पकारका रुपमा उनले काम गरेका थिए ।

विगत २२ वर्षदेखि ख्वप ईन्जिनियरिङ कलेजमा कार्यरत शिल्पकारले नयाँ पुस्तालाई परम्परागत प्रविधिको प्रशिक्षण दिँदै आएका छन् । २५ हजार राशीको दान्यहिरा विज्ञान प्रविधि पुरस्कार यसअघि नास्टका वरिष्ठ प्राविधिज्ञ डा। रमेशमान सिंह र नेपाली कम्प्युटरका अग्रणी मुनिबहादुर शाक्यलाई प्रदान गरिएको थियो । कान्तिपुर

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.