भक्तपुरमा सरकारी र संघसंस्थाहरुमा सूचना अधिकारी राख्न निर्देशन

  • १७
  • शनिबार, २३ आश्विन २०७८

 

भक्तपुर । भक्तपुरका सबै सरकारी कार्यालय र संघसंस्थाहरुमा सूचना अधिकारी राख्न निर्देशन दिइएको छ। भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका संस्थाहरुले सूचना अधिकारी तोक्न निर्देशन दिनुभएको छ । असोज २२ गते शुक्रवार जिल्लास्थित सरकारी, सार्वजनिक सेवा प्रदायक निकायका सूचना अधिकारी र सञ्चारकर्मीहरुको संयुक्त बैठकमा प्रजिअ शर्माले सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार सबै सार्वजनिक संस्थाहरुले पनि सूचना अधिकारी तोक्न निर्देशन दिनुभएको हो ।

त्यस्तै बैठकले सबै कार्यालयले सूचना प्रकाशनमा नेपाल पत्रकार महासंघ र हुलाक कार्यालयसँग सहकार्य गर्ने गरी र कार्यालयबाट भएका कार्यहरु नियमित रुपमा सञ्चारमाध्यमलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।
बैठकले नागरिकले माग गरेका सूचना प्रचलित कानुन बमोजिम सूचना अधिकारीले समयमा उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ । प्रजिअ शर्माले सम्पूर्ण कार्यालयहरुले सूचना अधिकारी तोक्नुपर्ने, निजको फोन नम्बर, ईमेल ठेगाना, फोटो सहितको फ्लेक्स सबै सेवाग्राहीले देखिने गरी राख्नुपर्ने निर्देशन दिनुभयो ।

अवदेखि सबै कार्यालयले प्रगति विवरण सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र ४ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम प्रत्येक ३÷३ महिनामा स्वतः प्रकाशन गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.