चाँगुनारायणबाट खेल्ने १६ जना जुवाडेहरु प्रक्राउ

  • ९५
  • शुक्रबार, २२ आश्विन २०७८

भक्तपुर । भक्तपुरको चाँगुनारायणबाट जुवातास खेल्ने १६ जना प्रक्राउ व्यक्तिहरु प्रहरीले पक्राउ गरेका छन्। तास खेलेर हो–हल्ला गरेको आरोपमा शुक्रबार राति १ बजे चाँगुनारायण नगरपालिका वडा नं. ४ खोरिया गाँउबाट पक्राउ गरेको जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका दिपक गिरीले अभियुक्तहरुलाई २१ वर्षीय ईश्वर तामाङले सञ्चालन गरेको पुल हाउसमा प्रक्राउ गरेको जानकारी गराए। खानतलासी गर्दा नगद रु ४१,३५०÷– (अक्षरुपी एकचालिस हजार तीन सय पचास) र १ बुक तास सहित फेला परेको उनले सुनाए। उनले प्रक्राउ पर्नेहरुमा पुल हाउस सञ्चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने वर्ष २१ ईश्वर तामाङ, १८ वर्षीय (बादल तामाङ, लोकेश तामाङ, विर तामाङ, सुरज तामाङ) १९ वर्षीय आलोक तामाङ, २० वर्षीय (अरुण तामाङ, नवराज तामाङ, गौतम तामाङ), २३ वर्षीय (अजय पुडासैनी, तिलक तामाङ), २४ वर्षीय सय कुमार तामाङ, २६ वर्षीय सुमित तामाङ, २७ वर्षीय रोशन तामाङ, ३० वर्षीय विष्णु तामाङ र ३३ वर्षीय प्रेम तामाङ रहेका छन्।

निम्न १६ जनालाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा १ बमोजिम (जुवा सम्बन्धि कसुर)मा अनुसन्धान कार्य भईरहेको जनाएको छ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.