कार्तिक ४ गतेबाट आईपिओ निष्काशन गर्दै सामलिङ्ग पावर

  • ५३
  • शुक्रबार, २२ आश्विन २०७८

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेबाट सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपिओ) जारी गर्ने भएको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीको लागि निष्कासन गरेको साधारण सेयर असोज २० गते बाँडफाँड गरिसकेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ३० हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन अनुमति पाएकोमा ५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ।

निष्काशन गरिने कुल ७ लाख ३० हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा सर्वसाधारणले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा कार्तिक १८ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको कामनेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई सेबोनले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न अनुमति दिएको थियो ।

जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण सेयर निष्कासन गरिसकेको छ । निष्कासन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं। ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं। ४ र ५ का बासिन्दाहरुका लागि छुट्याइएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.