ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेस प्रमुख प्रतिस्पर्धी

  • १००
  • शुक्रबार, १५ आश्विन २०७८


काठमाडौँ। नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आफ्नो प्रमुख प्रतिस्पर्धी राजनीतिक दल भएको विश्लेषण गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी शक्ति भनिएको हो ।
प्रतिवेदनमा कांग्रेस पुँजिवादी दक्षिणपन्थी पार्टी भएकोसमेत विश्लेषण गरिएको छ । यस्तै माओवादी केन्द्रलाई एमालेले प्रचण्डको अस्थिर राजनीतिको समूह भनेको छ ।


आफूलाई एमालेले नेपाली कम्युनिष्टको मुख्यधारा भएको र एकता चाहने पार्टी भएको विश्लेषण गरिएको छ ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा महाविधेशन सुरु भएको हो । तीन दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत भइसकेको छ भने महासचिब ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिब विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्दैछन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.