एकीकृत समाजवादीबाट यी बन्दै छन् मन्त्री

  • १३४
  • बुधबार, १३ आश्विन २०७८


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ मन्त्रीको टुंगो लगाएको हो । सांसदहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, भवानी खापुङ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्का भएको मन्त्रीमा सिफारिस भएका एक नेताले जानकारी दिए ।

उनका अनुसार पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्री देउवालाई बुझाइएको छ । मन्त्रालयको बारेमा भन्ने टुंगो लाग्न बाँकी छ । बिहीबार बस्ने सत्ता गठबन्धनको बैठकले मन्त्रालयको टुंगो लगाउने नेताहरूले बताएका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.