बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

  • १३२
  • मंगलवार, १२ आश्विन २०७८


लन्डन। बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएकामा त्यो सख्या बढेर सोमबार ३७ हजार ९६० जना पुगेको हो । यसरी यहाँ हरेक दिन संक्रमितहरु थपिँदै गएको पाइएको छ ।

त्यसै गरी यहाँ गएको २४ घण्टा यतामात्र ४० जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार २०८ जना पुगेको पनि बताइएको छ । यहाँ अहिलेसम्म ७६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.