च्यासलको कप्तानी विराजले गर्ने

  • १४६
  • मंगलवार, १२ आश्विन २०७८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।

विराजको कप्तानीमा च्यासलले यो सिजन ‘ए’ डिभिजन लिग खेल्ने भएको हो । विराजले च्यासल युथ क्बलसँग मंगलबार सम्झौता गरेका छन् । विराजले साबिक विजेता टोली मच्छिन्द्र क्लबको कप्तानी गरेका थिए ।

 

विराजले ‘ए’ डिभिजन लिगमा मनाङ र थ्री स्टार क्लबबाट खेलेका छन् । च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै विराजलाई अनुबन्ध गरेको जनाएको छ ।

अखिल नेपाल फुलबल संघ ९एन्फा० एकेडेमीका उत्पादन विराजसित नेपाली राष्ट्रिय फुटबल टोलीबाट ७३ खेल खेलेको अनुभव छ । २००८ मा पोखरामा सम्पन्न पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट विराजले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । विराजले नेपालका लागि १८ खेलमा कप्तानी गरे । उनले राष्ट्रिय टोलीबाट सन्न्यास लिइसकेका छन् ।

न्यिदब िदबलप
विराजले यसअघि संकटा, एनआरटी, मनाङ–मर्स्याङ्दी, थ्री स्टार र मच्छिन्द्र फुटबल क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका छन् । विराजले मनाङ, थ्री स्टार र मच्छिन्द्र क्लबबाट लिगको उपाधि जितेका थिए । मनाङ र मच्छिन्द्रले उपाधि जित्दा विराजले कप्तानी गरेका थिए ।

त्यस्तै, च्यासलले स्कटल्यान्डका ली मान्सनलाई प्राविधिक निर्देशक नियुक्त गरेको छ । उनी पछिल्लो २५ वर्षदेखि फुटबल प्रशिक्षणमा सक्रिय छन् । पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रूपमा आबद्ध थिए । मान्सनसँग फिलिपिन्सको पुरुष यू–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ ।

मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.