भक्तपुरमा ४३ जना सहित काठमाडौं उपत्यकामा थप ४०२ जनामा कोरोना संक्रमण

  • १००
  • मंगलवार, ५ आश्विन २०७८


काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ४०२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

 

पछिल्लो २४ घण्टामा काठमाडौंमा २६१ जना, भक्तपुरमा ४३ जना र ललितपुरमा ९८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्यामा ३ हजार २८ रहेको छ । काठमाडौंमा हालसम्म निको भएकाहरुको संख्या २ लाख ३६ हजार ७९६ रहेको छ भने २ हजार १३० जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९५४ पुगेको छ ।

त्यस्तै, भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ९४७ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या २७ हजार ३७१ रहेको छ भने ४२४ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या २८ हजार ७४२ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा १ हजार ४१८ रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या ४५ हजार ३४३ रहेको छ भने ६६० जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या ४७ हजार ४२१ पुगेको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.