भक्तपुरमा ६३ जना सहित काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण

  • १०१
  • सोमबार, ४ आश्विन २०७८


काठमाडौ। काठमाडौं उपत्यकामा आज थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ३९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

 

पछिल्लो २४ घण्टामा काठमाडौंमा २९८ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ३५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्यामा ३ हजार १२२ रहेको छ । काठमाडौंमा हालसम्म निको भएकाहरुको संख्या २ लाख ३६ हजार ४४२ रहेको छ भने २ हजार १२९ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ६९३ पुगेको छ ।

त्यस्तै, भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ९७० रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या २७ हजार ३०५ रहेको छ भने ४२४ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या २८ हजार ६९९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा १ हजार ४४० रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या ४५ हजार २२३ रहेको छ भने ६६० जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या ४७ हजार ३२३ पुगेको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.