थप १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • १०४
  • सोमबार, ४ आश्विन २०७८


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ जनाको पीसीआर परीक्षणबाट ९७५ जना र ३ हजार ३१ जनाको एन्टिजेन परीक्षणबाट १२० जना गरी कूल १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना पोजेटिभ हुनेको संख्या पीसीआरबाट ७ लाख ८५ हजार ५४१ जना र एन्टीजेनबाट ८९ हजार ८८ जना गरी कूल ८ लाख ७४ हजार ६२९ जना रहेका छन् । त्यसमध्ये डिस्चार्ज हुनेको कुल संख्या ७ लाख ५२ हजार १७० जना पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४८ जना पुगेको छ । यसैगरी, २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्ममा कोभिड–१९ विरुद्धको खोप पहिलो मात्रा लगाउनेको संख्या ६२ लाख १५ हजार ८५६ जना र दोस्रो मात्रा लगाउनेको संख्या ५५ लाख ८८ हजार ५१७ जना रहेको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.