सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

  • १२७
  • सोमबार, २८ भाद्र २०७८


काठमाडौँ। संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक नयाँबानेश्वरस्थित संसद भवनमा जारी छ । सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाएका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा अनुपस्थित रहेको छ ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राजेन्द्र लिङदेनबाहेक सबै उपस्थित रहेको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल सहभागी छन् ।

राप्रपाका लिङ्देन उपत्यका बाहिर रहेकाले उपस्थित हुन नसकेको संसद सचिवालयले जनाएको छ ।

माधव नेपालसहित १४ जना सांसदको कारवाहीको विषयलाई लिएर एमालेले सभामुख र निर्वाचन आयोगमाथि प्रश्न उठाउँदै निरन्नतर संसद अवरुद्ध गरिरहेको छ । सभामुखको राजीनामा समेत मागेको छ । यहीँ बेला सभामुखले गतिरोध अन्त्यका लागि सम्वाद थालेका हुन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.