साताको अन्तिम दिन ०.६२ अंकले घट्यो नेप्से

  • ८४
  • बिहीवार, २४ भाद्र २०७८


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ०.६२ अंकको सामान्य गिरावट हुँदा २८७५.९८ अंकमा बन्द भएको छ । साताको पहिलो दिनदेखि नै तीव्र उतार–चढाव देखिएको बजार आज अन्तिम कारोबार दिनमा भने सम्हालिएको छ ।

आज बजार परिसूचकसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा जलविद्युत्, जीवन बिमा, लगानी र व्यापार उपसूचक भने बढेको छ । जलविद्युत् उपसूचक १.९१ प्रतिशत, जीवन बिमा उपसूचक ०.३७ प्रतिशत, लगानी उपसूचक ०.१७ प्रतिशत र व्यापार उपसूचकमा ०.०२ प्रतिशतको समान्य वृद्धि भएको छ ।

यता, वित्त कम्पनी उपसूचकमा सर्वाधिक १.२८ प्रतिशत, अन्य उपसूचकमा १.१९ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा पनि ०.११ प्रतिशतको गिरावट भएको छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.