विश्वप्रकाश शर्माले सुन्दरीजल पुगेर गरे महामन्त्रीमा उमेदवारी घोषणा

  • ८८
  • बिहीवार, २४ भाद्र २०७८

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुन्दरीजलस्थित बीपी संग्राहलय पुगेर महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् ।

पण्डित वासुदेवकृष्ण शास्त्रीले निकालेको बिहीबार दिउँसो एक बजेर ७ मिनेटको साइतमा शर्माले महामन्त्रीमा उमेदवारी घोषणा गरेका हुन् ।


“बीपीलाई जेल राखिएको स्थानमा आएर, बीपीले रोपेको कपुरमा पानी चढाएर गणेशमान र किशुनजीको सालिकको समीपमा बीपी स्मृति दिवसकै दिन उमेदवारी घोषणा गर्न म यहाँ आइपुगेको हुँ,” शर्माले भने, “म केही दिनमा औपचारिक पत्रकार सम्मेलनको तयारीमा छु । आफ्नै सूचनाबाट यहाँ आइपुग्ने पत्रकार साथीहरुलाई धन्यवाद ।”

उनले बीपीसँगै जेल बसेका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसँगै रामनारायण मिश्रको विशेष स्मरण गरे ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.